नेपाल राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब तरलता तान्दै

1.2K
shares

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बजारबाट एक सातामा तेस्रो पटक पैसा तान्न लागेको छ। बैंकले आज ३० अर्व रुपैयाँ तान्न लागेको हो । तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको राष्ट्र बैंकले जनाएको हो ।

 

 

राष्ट्र बैंकले निक्षेप संकलन खरिदका लागि बोलकबोल गर्न बैंक तथा वित्तीय संस्थालाई आज मध्यान्ह १२ बजेसम्मको समय दिएको थियो । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सहभागी हुन पाउने छन् ।बैंकले बिहीवार ४० अर्व र गत शुक्रबार १२ अर्ब १५ करोड रुपैयाँ तानेको थियो।

 

अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा तान्न लागेको राष्ट्र बैंकले जनाएको छ। हालको व्यवस्था अनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनु पर्छ।

civil hospital
Hams Hospitals