नेपाली सेनाका प्रमुख सेनानी मल्ल जंगीअड्डाको हिरासतमा
वि.सं.२०८१ जेठ २६ शनिवार
2.9K
shares
shares
काठमाडौं । नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको छ ।अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा कार्यरत प्रमुख सेनानी धिरेन्द्रकुमार मल्ललाई जंगीअड्डास्थित सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो।
मल्ल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा नेपाली सैनिकबाट प्रतिनिधिका रुपमा कार्यरत थिए ।उनीबारे उजुरी परेपछि छानबिन गर्ने क्रममा जंगीअड्डाले मल्ललाई फिर्ता बोलाएको थियो ।सैनिक अनुशासनको विषयमा प्रमुख सेनानी मल्लमाथि छानबिन भइरहेको नेपाली सेनाले जनाएको छ।




























