उमेर नपुगेकालाई भत्ता दिने वडाध्यक्षसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

14.4K
shares
Nabil bank

 

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोरङको रतुवामाई नगरपालिकाका वडाध्यक्षसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले मोरङको रतुवामाइ नगरपालिका-६ का वडाध्यक्ष तुलाराम लुइँटेल र त्यहाँका तत्कालीन वडासचिव कल्पना बास्कोटा, इलाका प्रशासन कार्यालय रंगेलीका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र नासु रमेश कोइरालाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।उनीहरुलाई उमेर नै नपुगेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा राखेको अख्तियारले जनाएको छ । स्थानीय मेगदीप पोखरेल, तारा देवी पोखरेल ‍भक्त कुमारी लुँइटेलविरू पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारका अनुसार वडाले विवरण कीर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्ने उजुरी परेको थियो।अनुसन्धानका क्रममा वडाध्यक्षको मिलेमतोमा उमेर नै नपुगेका व्यक्तिहरूलाई उमेर सच्याएर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा राखिएको पाइएको अख्तियार प्रवक्ता नरहरी घिमिरेले बताए।

त्यति मात्रै नभई उमेर बढाउन नागरिकताको प्रतिलिपि लिनका लागि वडाले जन्ममिति परिवर्तन गरेर सिफारिस समेत गरेको समेत अख्तियारले जनाएको छ।

वडाले उमेर बढाइएको नागरिकताको प्रतिलिपि दिन लेखेको सिफारिस इलाका प्रशासन कार्यालयले विवरणहरू जाँच नै नगरी प्रतिलिपि दिएको भेटिएको अख्तियारले जनाएको छ।वडाध्यक्ष लुइँटेलविरूद्ध १ लाख ६० हजार रूपैयाँ, वडासचिव बास्कोटाविरूद्ध १ लाख ४४ हजार रूपैयाँ, मेगदीप र तारादेवी विरूद्ध १ लाख ४४ हजार र कुमारी लुइँटेलविरूद्ध १६ हजार रूपैयाँ बिगो असुल गर्न समेत अख्तियारले माग गरेकोछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x