सिटिइभिटीको ल्याबमा क्रिप्टो माइनिङ, विश्वास र राजेन्द्र सीआईबीको फन्दामा

13.6K
shares
Nabil bank

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘क्रिप्टो माइनिङ’ मा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।सिटिइभिटी अन्तर्गतको ट्रेनिङ इन्स्टिच्युड फर टेक्निकल इन्स्ट्रक्सनको भवनमा क्रिप्टोको माइनिङ गरेको आरोपमा सीआईबीले दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका -१ बस्ने ४० वर्षीय विश्वास गुरूङ र भक्तपुर नगरपालिका-७ बस्ने २५ वर्षीय राजेन्द्र ताहामता छन्।

 

उनीहरुलाई क्रिप्टो माइनिङ गरिरहेको भन्ने सूचनाको आधारमा सीआईबीको टोलीले बुधबार सानोठिमीबाट पक्राउ गरेको हो ।सीआईबीले सिटिइभिटीको भवनमा रहेका कम्प्युटर तथा सर्भर प्रणालीहरूको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा डेस्कटप कम्प्‍युटरहरूमा क्रिप्टो माइनिङ एप्लिकेशन संचालनमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x