मापसे गरेर होहल्ला गर्ने कार्यालय प्रमुख दाहाल प्रहरी निगरानीमा

12.8K
shares
Nabil bank

 

रामेछाप। मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका कार्यालय प्रमुख सुरेश दाहाल प्रहरीको निगरानीमा रहेका छन् । मापसे गरेर होहल्ला गरेको, सर्वसाधारणलाई गाली गरेको भन्दै गुनासो आएपछि सोमबार प्रहरीले दाहाललाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीपकुमार सिंहले मापसे गरेका दाहाललाई उद्धार गरेर प्रहरी कार्यालय ल्याइएको र उनको निगरानी भइरहेको बताए ।

दाहालविरुद्ध अहिलेसम्म कुनै उजुरी नआएकोले उनी पक्राउ भने नपरेको तर निगरानीमा भने राखिएको बताए । मापसे गरेर सम्हालिन नसक्ने अवस्थामा पुगेका दाहाललाई प्रहरीले गाडीमा हालिरहेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ । भिडियो उनले सर्वसाधारणलाई गाली गरेको पनि देखिन्छ । दाहालले सोमबार बकर इदको सार्वजनिक बिदाका कारण कार्यालय बन्द भएपछि दिउसै मापसे गरेका थिए । उनले मापसे गरेर कसैलाई हानी पुर्याएको छ वा छैन भन्ने बारेमा बुझ्ने काम भइरहेको डिएसपी सिंहले जानकारी दिए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x