भ्रष्टाचारविरोधी अभियन्ताको नाममा ठगी गरेको आरोपमा ४ जना पक्राउ

11.4K
shares
Nabil bank

 

काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ कि २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् ।

उनीहरुलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेका हो । उनीहरुले आफूहरु भ्रष्टाचार विरोधी अभियन्ता भन्दै ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामको संस्थाका नाममा ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए ।वडाहरुमा समेत संस्थाको शाखा विस्तारको गरेको भन्दै उनीहरुले सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनीहरुमा गएर भ्रष्टाचारको छानबिन गर्न आएको भनेर धम्क्याई रकम असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x