सप्तकोसी बैंकका पूर्वसीइओ सुवेदीलाई ३ वर्ष ३ महिना कैद सजाय तोकियो

1.3K
shares

 

काठमाडौं । सप्तकोसी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीलाई ३ वर्ष ३ महिना जेल सजाय तोकिएको छ ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सुवेदीलाई ३ वर्ष ३ महिना १८ दिन सजाय तोकेको हो ।

 

यसअघि गत जेठ २० गते सुवेदीलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।सुवेदीले रेमिट्यान्स नै नआएको व्यक्तिहरूको नाममा फर्जी कारोबार गरेर आफन्तको नाममा सेयर कारोबार तथा घरजग्गाको कारोबार गरेको निष्कर्षसहित विशेषले दोषी ठहर गरेको थियो ।विशेषले जेठ २० मा नवीन सुवेदीसहित हरिकुमारी सुवेदी र बबिता पोखरेललाई पनि दोषी ठहर गरेको थियो

civil hospital
Hams Hospitals