गृहसचिव र दुई आईजीपी अमेरिका जाँदै

1.7K
shares

 

काठमाडौं । गृहसचिव एकनारायण अर्याल तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक अमेरिका भ्रमणमा जाने भएका छन् । आगामी १० असारमा उनीहरु अमेरिका जाने तय भएको छ ।

हरेक वर्ष आयोजना हुने विश्वका प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी हुन गृहसचिव अर्यालसहित प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अमेरिका जान लागेका हुन् ।गत वर्ष महानिरीक्षक कुँवरको अमेरिका भ्रमण तय भएपनि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा अन्तिम चरणमा पुगेकाले भ्रमण रोकिएको थियो ।यसपटक गृहसचिव पनि जान लागेका हुन् । उनीहरुको भ्रमण एक साता लामो हुने गृह मन्त्रालयले जनाएकोछ।

civil hospital
Hams Hospitals