सशस्त्र प्रहरीद्वारा तस्करीको काठ बरामद

1.2K
shares

 

धनुषा । सशस्त्र प्रहरी बल धनुषा स्थित ८ नम्बर गणले तस्करीको काठ बरामद गरेको छ । आज बुधबार ५ गते बिहान धनुषाकाे जनकपुर उपमहानगरपालिका १४ स्थित मझेलियाबाट सशस्त्र प्रहरीको गणबाट खटिएको टाेलीले उक्त तस्करीको काठ बरामद गरेको हो ।

 

ढल्केबरबाट जनकपुर तर्फ आउंदै गरेको ज १ त ८१५७ नम्बरको ट्याक्टरबाट विभिन्न जातका काठको गाेलियाहरू वरामद गरि आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय धनुषामा बुझाएको गणपति सप्रउ दर्शन गिरीले जानकारी दिए।

civil hospital
Hams Hospitals