पुलिस क्लवको स्वीमीङ पुलमा डुबेर शाक्यको मृत्यु

वि.सं.२०८१ असार ९ आइतवार
shares

काठमाडौं । नेपाल प्रहरीले संचालन गरेको महेन्द्र पुलिस क्लवको स्वीमीङ पुलमा एक किशोरको मृत्यु भएको छ ।प्रहरी कल्याणकारी कोषबाट संचालित महेन्द्र पुलिस क्लवको स्वीमीङ पुलमा स्वीमीङ गर्ने क्रममा १९ बर्षीय रौनक शाक्यको डुबेर निधन भएको हो ।
स्वीमीङ पुलमा लाइफगार्ड नराख्ने निर्णयले गर्दा पुलिस क्लवको स्वीमीङ पुलमा डुबेर शाक्यको मृत्यु भएको मृतक रौनककी आमा राजेश्वरी शाक्यले आरोप लगाईन् ।गएको असार ४ गते रौनक पुलिस क्लवको स्वीमीङ पुलमा पौडी खेल्न गएका थिए । स्वीमीङ गर्ने क्रममा रौनकको डुबेर मृत्यु भएको थियो ।स्वीमीङ पुलको ब्यवस्थापनको लापरबाहीका कारण भएको मृतक रौनककी आमा राजेश्वरीको आरोप छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राजेश्वरीले छोराको मृत्यु हेलचक्र्याईका कारण भएको आरोप लगाईन् । पुलिस क्लबले उक्त घटनालाई सामान्य सोचेर बेवास्ता गरिरहेको पनि राजेश्वरीले बताईन् ।पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका शाक्यको परिवारले घटनाको जिम्मा नेपाल प्रहरीको महेन्द्र पुलिस क्लबले लिनुपर्ने उनको माग छ । साथै, राजेश्वरीले परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दोषीलाई कानुन बमोजिमको कारबाहीको माग गरेका छन् । महेन्द्र पुलिस क्लवको स्वीमीङ पुलमा लाइफगार्ड समेत नराखिएका कारण रौनकको डुबेर मृत्यु भएको थियो।