गृहसचिव र आईजीसहितको टोली अमेरिका प्रस्थान
वि.सं.२०८१ असार १० सोमवार
1.4K
shares
shares
काठमाडौँ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसहितको पाँच सदस्यीय टोली संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको छ ।
यही असार १२ देखि १३ गतेसम्म सञ्चालन हुने चौँथो समिटमा भाग लिन गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आइजी वसन्तबहादुर कुँवर, सशस्त्रका आइजी राजु अर्याल सहितको टोली आज अमेरिका प्रस्थान गरेको गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।




























