करेन्ट लागेर मृत्यु
वि.सं.२०८१ असार १४ शुक्रवार
960
shares
shares
काठमाडौं।बौधिमाई नगरपालिका-६ पिपरिया टोल बस्ने ७० वर्षीया बसमतिया देवीको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको लाईन तारको होल्डरमा बल्ब जोड्ने क्रममा अचानक करेन्ट लागेर उनको मृत्यु भएको हो ।
रूपन्देही, सैनामैना नगरपालिका-६ भरतपुर बस्ने केश बहादुर ठाडा मगरकी छोरी ३ वर्षीया प्रिया ठाडा मगरको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ । घर नजिकै पसलमा सामान किन्न गएको अवस्थामा पसलको फ्रिजको पछाडिको भागमा हात राख्दा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।





























