लालीगुराँस सहकारीका सीइओ भण्डारी पक्राउ

861
shares
Shine resunga department bank

काठमाडौँ । बचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।

 

उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको विशाल नगरबाट पक्राउ गरेको हो ।

 

 

 

नेपाली काँग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारी सहकारीको बचत अपचलन प्रकरणपछि फरार रहेका थिए ।

 

लालीगुराँस सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको सूचीमा पनि रहेको छ ।

 

उक्त सहकारी सञ्चालकहरूले बचतकर्ताको ६ अर्बभन्दा बढी रुपैयाँ अपचलन गरेको थियो ।

Sharestha treating