गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

12.1K
shares
Nabil bank

काठमाडौं।सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित आठ जनाउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।

 

मुद्दा चलाइएका अन्यमा इन्जिनियर कृष्णा साह, सब–इन्जिनियर सन्तोषकुमार यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नम्बर २ का तत्कालिन वडाध्यक्ष खुशिलाल साह, उपभोक्ता समितिका अध्यक्ष जिवछकुमार यादव, कोषाध्यक्ष पुनमकुमारी देवी र सचिव राम उदगार खत्वे मण्डल रहेका छन् ।

 

 

उनीहरुको मिलेमतोमा गाउँपालिकाबाट आर्थिक वर्ष २०७७÷०७८ मा विनियोजित बजेटबाट वडा नम्बर २, स्थित मझौरा हुँदै बरगाछीदेखि पटनासम्म माटो र ग्राभेल निर्माण कार्यमा भ्रष्टाचार भएको अख्तियारको आरोप छ ।

 

उनीहरुले फिल्डमा भएको वास्तविक कामभन्दा बढी मूल्यांकन गरी झुट्टा नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयारी पारेर उपभोक्ता समितिलाई १२ लाख सात हजार २६० रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारले दाबी गरेको छ ।

 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम उक्त रकम जफत गरी कैद र जरिवाना हुन मागदाबीसहित आज मुद्दा दायर गरेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x