शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

888
shares
Shine resunga department bank

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक बोधराज पौडेलविरुद्ध मुद्दा दायर गरेको छ ।

 

झुट्टा विवरण पेश गरी शिक्षक नियुक्ति लिएको आरोपमा कास्कीको दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक पौडेल विरुद्ध मुद्दा दायर गरिएको हो ।

 

 

 

पौडेलले सरकारी जागिर प्रयोजनका लागि दुई वटा नागरिकता प्रयोग गरेको आरोप लागेको छ ।

 

यसैगरी धनुषाको श्री माध्यमिक विद्यालय बरमझियाका राहत शिक्षक ब्रह्मदेव यादवविरुद्ध पनि मुद्दा दायर गरिएको हो । झुट्टा तथा नक्कली अध्यापन अनुमति पत्र सम्बन्धी आरोप उनीमाथि छ ।

 

बरमझिया स्कुलमा वि.सं. २०६३ सालदेखि नि.मा.वि. राहत शिक्षक यादवले नक्कली स्थायी अध्यापन अनुमति पत्र पेश गरी नियुक्ति भई तलब भत्ता खाएको अख्तियारको दाबी छ ।

Sharestha treating