सुनको मुल्यमा नयाँ रेकर्ड, कति पुग्यो हेर्नुहोस्
वि.सं.२०८१ साउन २ बुधवार
1.3K
shares
shares
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको दुई हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । मंगलबार सुनको मूल्य एक लाख ४७ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४९ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार १ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।





























