सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो

1.1K
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । प्रतितोला एक लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको सुनको मूल्य आज तीन सय रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४९ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ८ सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भएकोमा आज एक हजार ८६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals