सुनको मूल्य घट्यो, कति पुग्यो हेर्नुहोस्
वि.सं.२०८१ साउन ४ शुक्रवार
1.5K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । प्रतितोला एक लाख ४९ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य आज दुई हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४७ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार ८ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भएकोमा आज एक हजार ८३० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।




























