आज साउन २७ गते आईतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्

30.6K
shares
Nabil bank

 

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। शत्रु तथा प्रतिस्पर्धी परास्त हुनेछन्। तापनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा मन ढुक्क नहुन सक्छ। मध्याह्नपछि यात्राकाे अवसर जुट्न सक्छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

 

वृष – Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। भविष्यका लागि नयाँ काममा जग बसाउने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। मध्याह्नपछि हिम्मतले काम सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। प्रतिस्पर्धीहरूले मित्रताका हात अघि बढाउनेछन्।

 

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह

हतारमा निर्णय लिने बानीले पछि अप्ठ्यारो पार्ने हुँदा समयमा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। मध्याह्नदेखि आर्थिक स्थितिमा केही सुधार आउनेछ। स्वास्थ्य भने केही कमजोर नै रहला। अवसर प्राप्त भए पनि सोचेको काम पूरा गर्न समय लाग्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

 

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बिहानको समयमा साहसी काम गरेर लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। दिउँसोदेखि सहयोगीहरू टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि कृषि तथा पशुधनले केही फाइदा दिलाउनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम भने बन्नेछ।

 

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। तर वादविवादले नियमित काममा भने समस्या उत्पन्न हुनेछ। उद्योग र व्यापारमा पनि केही उल्झन आउने देखिन्छ।

 

कन्या – Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफन्तसँग रमाइलाे भेटघाट हुने समय छ। विशेष उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। दिउँसोदेखि विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। दिगो योजनामा अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।

 

तुला – Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते

पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ। कामको योजना स्थगित हुन सक्छ। प्रयत्न गर्दा दिउँसाेदेखि काममा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। आगन्तुकले केही उपहार ल्याउन सक्छन्।

 

वृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

 

धनु – Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ काममा जुट्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसा–व्यवसाय फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा मनग्य फाइदा हुनेछ।

 

मकर – Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

केही जाेखिमयुक्त काममा जुट्नुपर्ला। आफ्नाको भरपर्दा काममा समस्या पर्नेछ। आफ्ना कमजोरी बाहिरिनाले पनि पेसा–व्यवसायमा केही चुनौती सामना गर्नुपर्ला। दिउँसोदेखि तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

 

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रारम्भमा अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। भेटघाटले काम गर्ने अवसर समेत दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ।

 

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मानसाम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। यात्राको प्रक्रियाले पनि खर्च बढाउन सक्छ। तर धनधान्यले घर-गृहस्थीमा समृद्धि निम्त्याउने देखिन्छ। व्यापारमा अर्थलाभ हुनेछ। दिउँसोदेखि गोपनीयता बाहिरिनाले आँटेको काम रोकिन सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x