सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो
वि.सं.२०८१ भदौ ७ शुक्रवार
1.3K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो प्रतितोला एक लाख ५१ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य आज पाँच सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५१ हजार ४ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।


























