आज भदै २३ गते आईतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्

57.2K
shares
Nabil bank

 

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

साथीभाइसँग रमाइलाे भेट हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधन जुटाउने समय छ।

 

वृष – Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। भौतिक साधन जुट्नेछन्। मिहिनेतले चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रतिस्पर्धीसँग केही सम्झौता गर्नुपर्ला।

 

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। राेकिएकाे कामले समेत गति लिनेछ।

 

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ। तर अरूकाे भरपर्दा काम बिग्रन सक्छ। मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। आफ्नो स्वामित्वका वस्तुमा विवाद आउन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। नियमित काम भने सम्पादन हुनेछन्।

 

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ।

 

कन्या – Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। प्रतिस्पर्धी बढ्नाले चुनौतीहरू देखिनेछन्। पहिलेका समस्या दोहोरिनाले अलमल हुनेछ र कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

 

तुला – Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते

रमाइलाे भेटघाट हुने समय छ। तर खानपानकाे सावधानीले पाचन शक्ति कमजाेर हुन सक्छ। काममा अरूको मुख ताक्नाले पछि परिनेछ। ढिलासुस्तीले पनि अवसर गुम्न सक्छ। अरूको विषयमा चासो राख्दा व्यर्थैमा वादविवाद हुन सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहाेला। समय लागे पनि प्रयत्न गर्दा विगतका कमजाेरी सच्याउन सकिनेछ।

 

वृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापटमा गएको रकम भने फिर्ता हुनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। दिगो काम थाल्न केही समय प्रतीक्षा गर्नुहाेला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। परिस्थितिवश काममा बाधा पुग्नेछ।

 

धनु – Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आयस्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ।

 

मकर – Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी समेत बढाउन सकिनेछ।

 

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेतले कामकाे जग बसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू स्वत: पछि हट्नेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ।

 

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या पर्ला। आम्दानी रोकिनाले केही योजना राेकिन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप पनि बढ्न सक्छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x