विद्यालय नै बन्द गरेर सांसदको छोरीको बिबाहमा
वि.सं.२०८१ भदौ २८ शुक्रवार
shares
सिन्धुपाल्चोकको एक विद्यालयले पठनपाठन नै ठप्प गरी प्रदेश सांसदको छोरीको बिबाहमा सहभागी हुन पुगेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नंम्वर ७ मा रहेको सिद्धि गणेश माध्यमिक विद्यालयले बागमती प्रदेशका सांसद युवराज दुललको छोरीको बिबाह समारोहमा जान विद्यालयनै बन्द गराएका हुन् ।
शुक्रबार सांसद दुलालको छोरीको बैबाहिक कार्यक्रम भक्तपुरको एक पार्टी प्यालेसमा सम्पन्न भएको छ । सोही कार्यक्रममा अधिकांश शिक्षक सहभागी हुने भएपछि विद्यालय विदा गराईएको स्रोतले जानकारि दिएको छ । सिद्धि गणेश चौतारा साँगाचोकगढी नगरपालिकाको नमुना विद्यालयको रुपमा दर्ज छ । विद्यालयले भर्खरै सम्पन्न तीज विदामा पठनपाठन गराई शुक्रवार विदा दिएको जनाएको छ ।
दुलाल सोही विद्यालय क्षेत्रका प्रदेश सांसद हुन् । सांसद दुलाल यसअघि भौैतिक तथा योजना र सामाजिक विकास मन्त्रीको रुपमा रहेका थिए ।
यो पनि पढ्नुहोस्































