बालेनले करोडौं रुपैयाँ घोटाला गरेको आराेप

996
shares

 

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयु) का अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको आरोप लगाएका छन् ।

 

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बडालले १ करोड ३० लाख रुपैयाँ साहले घोटाला गरेको बताएका हुन् । उनले महानगरले सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ साइबर ग्रुपलाई दिएको आरोप लगाए ।

 

उनले लेखेका छन्, ‘नगर सभाले स्वीकृत नगरीकन तपाईँले महानगरबासीको ट्याक्स मनीबाट सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ झ्वाम पार्नु भयो। यो कार्यक्रम महानगरको आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमा छैन। कमनपा वित्त विभागको भुक्तानी हेर्दा देखिन्छ– सार्वजनिक खरिद ऐन छल्न तपाईँले आफ्नो सचिवालयका झोले र फेसबुक पेजका बुलीहरुको झुण्डलाई पोस्न १ करोड ३० लाखलाई १०/१० लाखको टुक्रा बनाई कोटेसनका आधारमा भुक्तानी गर्नु भयो।’

 

उनले महानगरले आयोजना गरेको सिप मेलाबाट कति जनाले सिप सिकेर व्यवसाय गरे भनेर पनि प्रश्न गरेका छन्। बडालले त्यसरी व्यवसाय गर्नेहरूको नाम फेसबुकमा लेख्न पनि चुनौती दिएका छन् ।

 

उनले प्रश्न गर्दै लेखेका छन्, ‘खरिद ऐनले यसरी योजना टुक्र्याएर खरिद गर्न अनुमति दिन्छ ? यो सिधै भ्रष्टाचार होइन ? १ करोड ३० लाख रुपैयाँ महानगरको निर्णय बिना मनोमानी खर्च गरेर सिप विकासमा प्राप्त गरेको उपलब्धी के ? हजारौं फेसबुक पेज र युट्युब च्यानल प्रयोग गरेर अराजकता र अश्लिलता फैलाउने हानिकारक सिपमा रकम दुरुपयोग गर्न पाइन्छ ? महानगरका ट्याक्स पेयरमाथि यसरी खेलबाड गर्न पाइन्छ ? यो त अपराध हो ।’

 

बालेन्द्र साहजी, नमस्कार ।

 

सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ साइबर ग्रुपलाई किन पोस्नु भयो ?

 

तपाईंलाई लाग्ला, ‘मैले फेक सूचनाको साम्राज्य फैलाएर, भर्चुअल समर्थक खडा गरेको छु र महानगरभित्र गैरकानुनी रुपमा जति लूट चलाए पनि, कसैले पत्याउँदैन ।’ तर केही समयका लागि मात्रै हो त्यस्तो सुविधा । महानगर प्रशासनलाई दबदवामा राखेर, कसैलाई बोल्न नदिएपछि सचिवालय मार्फत गरेको कानुन उल्लंघन र सबै भ्रष्टाचार छोपिन्छ भन्ने पनि लागेको होला । कानुनी कार्बाही गर्ने निकाय सक्रिय भए एउटा फेसबुक स्टाटसले अर्काे भाष्य खडा गर्छु भन्ने पनि लागेको होला ।

 

तर, यो सधैंका लागि काम लाग्दैन ।

 

तपाईंले गरेको १ करोड ३० लाख रुपैयाँ घोटाला बारे लेख्दै छु ।

 

नगरसभाले स्वीकृत नगरीकन तपाईंले महानगरबासीको ट्याक्स मनीबाट सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ झ्वाम पार्नु भयो । यो कार्यक्रम महानगरको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा छैन । कमनपा वित्त विभागको भुक्तानी हेर्दा देखिन्छ– सार्वजनिक खरिद ऐन छल्न तपाईंले आफ्नो सचिवालयका झोले र फेसबुक पेजका बुलीहरुको झुण्डलाई पोस्न १ करोड ३० लाखलाई १०/१० लाखको टुक्रा बनाई कोटेसनका आधारमा भुक्तानी गर्नु भयो । यस विषयमा कसैलाई जान्ने इच्छा भए सूचनाको हक प्रयोग गरी महानगरपालिका कार्यालयको निर्णयको टिप्पणी र भुक्तानी भौचर माग गर्न सक्नुहुने छ ।

 

यसरी साइबर बुलीको झुण्डलाई पोसेर अरुको बिरुद्ध अफवाह फैलाउने र आफूलाई महाराज बनाउने उद्धेश्यले महानगरसभाले पास नगरी र बजेट बिनियोजन नगरी गरिएको १ करोड ३० लाख रकमले कति जनाले सिप सिकेर व्यवसाय सुरु गरे ? तिनीहरुको नाम ठेगाना एउटा फेसबुक स्टाटस लेखेर सार्वजनिक गर्न सक्नुहुन्छ ? खरिद ऐनले यसरी योजना टुक्र्याएर खरिद गर्न अनुमति दिन्छ ? यो सिधै भ्रष्टाचार होइन ? १ करोड ३० लाख रुपैयाँ महानगरको निर्णय बिना मनोमानी खर्च गरेर सिप विकासमा प्राप्त गरेको उपलब्धी के ? हजारौं फेसबुक पेज र युट्युब च्यानल प्रयोग गरेर अराजकता र अश्लिलता फैलाउने हानिकारक सिपमा रकम दुरुपयोग गर्न पाइन्छ ? महानगरका ट्याक्स पेयरमाथि यसरी खेलबाड गर्न पाइन्छ ? यो त अपराध हो ।

 

# सत्य छोप्न केहि दिन सक्नुहोला मेयरसाप, मेट्न सक्नुहुन्न्।[#balen

समिक बडाल

Nepali patro