सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो हेर्नुहोस् आज

2.2K
shares

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको चार सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि यहि असोज ११ गते सुनको मूल्य तोलामा एक लाख ६१ हजार २ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६१ हजार ३ सय रुपैयाँ रहेको छ । बिहीबार सुनको मूल्य तोलामा एक लाख ६० हजार ९ सय रुपैयाँ रहेको थियो ।

 

 

आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals