प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँको शुभ साइतमा टीका ग्रहण

837
shares
Nabil bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँको शुभ साइतमा टीका ग्रहण गर्नुभएको छ ।

पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शनिबार बिहान ११ः३६ बजेको उत्तम साइतमा प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट टीका तथा जमरा ग्रहण गर्नुभएको हो ।

बडादशैँको अवसरमा देश, विदेशमा रहेका नेपालीले आज साइतमा टीका लगाएका छन् । अज आफैँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

आज गुरु पुरोहित, पिता–माता लगायतका मान्यजन तथा ठुलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी आसिरवाद लिने प्रचलन छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट टीका लगाउने गरिन्छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited