आजदेखि सरकारी कार्यालयहरु अपराह्न ४ बजेपछि बन्द

1.5K
shares

काठमाडौं । सरकारी कार्यालयहरु आज कात्तिक १६ गतेबाट अपराह्न ४ बजेसम्म मात्र खुला हुनेछन्।चिसोयाम सुरु भएसँगै दिन छाटिने र रात लम्बिने भएका कारण सरकारी कार्यालयहरु आजबाट माघ १५ गतेसम्म अपराह्न ४ बजेपछि बन्द हुनेछन्। सरकारी कार्यालयहरु भने बिहान १० बजेबाट नै खुल्नेछन्।

 

सरकारी कार्यालयहरु वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि ५ बजेसम्म खोल्नुपर्ने प्रावधान रहेको छ।यसैगरी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समय र बैंकिङ कारोबार समय पनि निर्धारण गरेको हुन्छ। वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुन्छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुन्छ। प्रत्येक शुक्रबार बिहान १० बजदेखि १ः३० बजेसम्म हुनेछ।

 

त्यस्तै बैंक तथा वित्तीय संस्थाको बैंकिङ समय चाहिँ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समयम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजदेखि मध्याह्न १२ः३० बजेसम्म हुनेछ।

civil hospital
Hams Hospitals