Banner ad for NADA AUTO SHOW -2026

विकल र सफललाई ८/८ वर्ष कैद सजाय, मुख्य सचिवलाई सफाई

1.2K
shares

काठमाडौँ । अन्तःशुल्क स्टिकर छपाइमा घोटाला प्रकरणमा विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई ८/८ वर्ष कैद सजाय सुनाएको छ ।

 

 

सोही प्रकरणमा जोडिएका पूर्वमुख्य सचिव वैकुण्ठ अर्यालले भने सफाइ पाइसकेका छन् । उनलाई गत कात्तिक १२ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले सफाइ दिएको हो । १२ प्रतिवादी रहेको उक्त मुद्दामा दुवै जनालाई जनही ३ करोड ४२ लाख २२ हजार ८ सय रूपैयाँ बिगो र सोही बराबर जरिवानासहित ८/८ वर्ष जेल सजाय सुनाएको हो ।

 

 

उनीहरूबाहेक खरिद विज्ञ शक्तिप्रसाद श्रेष्ठ, शाखा अधिकृत हरिबल्लभ घिमिरे, लेखा अधिकृत विष्णुप्रसाद गौतम, प्रिन्ट सेल प्रालिका निर्देशक केशव शर्मा, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेशकुमार शाक्य, आन्तरिक राजस्व विभागका तत्कालीन उपमहानिर्देशक टंकप्रसाद पाण्डेय, आन्तरिक राजस्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाही, आन्तरिक राजस्व विभागका तत्कालीन शाखा र अधिकृत रवीन्द्रप्रसाद पौड्यालले भने भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

civil hospital
Hams Hospitals