सहकारी ठगीमा मर्स्याङ्दी गाउँ कार्यपालिका सदस्य मधुमाया पक्राउ

1.6K
shares

 

पोखरा । सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य मधुमाया बगाले पक्राउ परेकी छन् ।

जनकल्याण बचत तथा ऋण सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा मुख्य भूमिका बगालेको देखिएको अनुसन्धान प्रतिवेदनले निष्कर्ष निकालेपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो ।

 

नेकपा एमालेबाट वडा सदस्य जितेकी बगाले वडा नम्बर ९ को पार्टी अध्यक्षसमेत हुन् । सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशको पत्रको जाहेरीको आधारमा बगालेलाई पक्राउ गरेर अनुसन्धान थालिएको लमजुङ प्रहरी प्रमुख डीएसपी निसान्त श्रीवास्तवले जानकारी दिए । बगालेलाई वेशीसहर घरबाट पक्राउ गरिएको हो

civil hospital
Hams Hospitals