सशस्त्र मटिअर्वाका डीएसपी भट्टराई हेडक्वार्टर तानिए
वि.सं.२०८१ पुस ३ बुधवार
1.5K
shares
shares
सशस्त्र मटिअर्वाका डीएसपी भट्टराई हेडक्वार्टर तानि
बारा । बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित गुल्मका डीएसपी विदुर भट्टराई छानबिनका लागी हेडक्वार्टर तानिएका छन । सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी भट्टराईलाई छानबिनकालागी तानेको हो ।डीएसपी भट्टराई तस्करी कार्यमा संलग्न रहेको गुनासो र उजुरी आएपछी छानबिनकालागी मुख्यालय तानिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी गराए ।
डीएसपी भट्टराईमाथी छानबिन र अनुसन्धान भईरहेको प्रवक्ता न्यौपानेले जानकारी गराए ।डीएसपी भट्टराईले तस्करहरुसँग आर्थिक लाभ लिएर मटिअर्वा नाकाबाट व्यापक तस्करी गराउँदै आएको उजुरी मुख्यालयमा परेको थियो । डीएसपी भट्टराईलाई सशस्त्र प्रहरी मुख्यालयले पाँच दिन अगाडि तानेको हो।

























