रेष्टुरेन्टमा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ
वि.सं.२०८१ पुस १० बुधवार
11.7K
shares
shares
काठमाडौं । काठमाडौं महानगरपालिका–६ रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् ।सोही महानगरपालिका–६ बस्ने २५ वर्षीय पासाङ ग्याल्जेन शेर्पासहित ८ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ५ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो।
Subscribe
0 Comments
Oldest






























