साधारण तारेखमा रिहा भइन् शोभा पाठक
वि.सं.२०८१ पुस ११ बिहीवार
14.4K
shares
shares
काठमाडौं । साइबर कसुरको आरोपमा पक्राउ परेकी शोभा पाठक भनेर चिनिने जानुका पाठक साधारण तारेखमा छुटेकी छन् । काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएसँगै उनी छुटेकी हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले नेकपा एमालेका नेता महेश बस्नेतलाई बलात्कारको आरोप लगाउँदै आएकी पाठकलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।उनलाई साइबर कसुरको आरोपमा स्वयम्भूको प्रहरी टोलीले १ पुसमा पक्राउ गरेको थियो ।
प्रहरी वृत्त स्वयम्भूले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।
Subscribe
0 Comments
Oldest






























