काठमाडौँको मुलपानीमा दम्पतीमाथि गोली प्रहार, एक जना पक्राउ

16.7K
shares
Nabil bank

 

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मुलपानीमा दम्पत्तिमाथि गोली प्रहार भएको छ । गए राति साढे १० बजे अर्जुन श्रेष्ठ र शान्ति देवी श्रेष्ठमाथि गोली प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।गोली प्रहारमा संलग्न खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर घएका ३७ वर्षीय साहिर शंकरलाई प्रहरीले पक्राउ गरेको छ । शंकरको साथबाट १ थान अटोमेटिक पेस्तोल र ९ राउन्ड गोली बरामद गरिएको छ ।

रिद्धिसिद्धि बसपार्क नजिकै श्रेष्ठ दम्पतीको घरमा प्रवेश गरेर आरोपीले गोली प्रहार गरेका हुन् । प्रतिकारको क्रममा शंकर पनि घाइते भएका छन् । तिनै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।पारिवारिक रिसिइबिका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी अधिकारीले जानकारी दिए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x