समिक्षा अधिकारीको नयाँ बाटो रोज्दै छु’

1.2K
shares
Shine resunga department bank

काठमाडौं।गीतकार हरि कटुवालको शब्द तथा गायीका समिक्षा अधिकारीको सुमधुर स्वरमा ‘नयाँ बाटो रोज्दै छु’ बोलको गीत सार्वजनिक भएको छ ।

 

वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा एरेन्ज सन्जिव बराईलीले गरेका छन् भने मिक्स मास्टरिङ किसोर थापाले गरेका छन् ।

 

चर्चित मोडल गीता ढुंगाना र पर्वत गदाईलीको अभिनय रहेको भिडियोमा युवा युवतीबिचको सफल हुन नसकेको प्रेम र पिडाका बावजुद पनि आफूलाई बलियो बनाएर अघि बढ्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ ।

 

निर्देशक देवराज आचार्यको निर्देशन तथा सिनेमोटोग्राफिमा निर्माण भएको भिडियो सम्पादन र कलर पदम सुवेदीले गरेका छन् भने पोस्टर डिजाइनिङ सन्तोस चौहानले गरेका छन् ।

 

गीत हाइलाइट्स नेपाल यूट्युव च्यानलबाट सार्वजनिक भएको छ ।