सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८१ फागुन ९ शुक्रवार
1.3K
shares
shares
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर एक लाख ७० हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य एक लाख ७१ हजार एक सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी तोलाको एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


























