एकै पटक ९२ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन

2.1K
shares

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९२ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।

 

मन्त्रालयले लामो समयदेखि एउटै स्थानमा कार्यरत उपसचिवहरूको व्यवस्थापन गर्दै नयाँ नियुक्तिहरू स्थानीय तहमा पठाएको हो। यससँगै निमित्तका भरमा सञ्चालन भइरहेका धेरैजसो स्थानीय तहले स्थायी प्रमुख प्रशासकीय अधिकृत पाएका छन्।

 

मन्त्रालयले यस प्रक्रियालाई निरन्तरता दिने रणनीति लिएकोले रिक्त रहेका पालिकाहरूले समेत गति लिने अपेक्षा गरिएको छ। स्थानीय तहमा स्थायित्व आएपछि प्रशासनिक कार्यसम्पादन थप प्रभावकारी हुने विश्वास लिइएको छ।

civil hospital
Hams Hospitals