सरकार निशुल्क शिक्षा भन्छ, सूचना जारी गरेर पैसा असुल्छन् प्रधानाध्यापक

वि.सं.२०८१ फागुन २३ शुक्रवार
shares

सिन्धुपाल्चोक ।अहिले देशभरका सार्वजनिक बिद्यालयले निशुल्क अध्ययन गराउने पर्ने अनिवार्य शर्त छ । तर, सिन्धुपाल्चोकको एक सार्वजनिक बिद्यालयले सूचना नै जारी गरेर अभिभावकलाई पैसा तिर्न उर्दी जारी गरेको छ । सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिकामा रहेको एक बिद्यालयले यसरी सूचना जारी गरेर बिद्यार्थीबाट पैसा असुलेको हो ।चौतारासाँगाचोक ७ मा रहेको सिद्धीगणेश माध्यामिक बिद्यालयले भौतिक एवम् शैक्षिक विकासका लागि भन्दै रकम संकलन गरिरहेको हो ।
प्रधानाध्यापक राजकुमार यादवले हस्ताक्षर गरेर सार्वजनिक सूचना जारी गरी पैसा तिर्न म्याद नै तोकेका छन् । सूचनामा प्रत्येक बिद्यार्थीले भौतिक र शैक्षिक विकासका लागि एक हजार फागुन २६ गतेभित्र तिर्नपर्ने अनिवार्य गरिएको छ ।
पैसा नतिर्ने बिद्यार्थीको शैक्षिक प्रमाणपत्र रोक्ने आन्तरिक सूचना पनि जारी गरिएको छ । स्थानीयका अनुसार सो बिद्यालयका लागि सुबिधा सम्पन्न भवन सरकारले नै निर्माण गरिदिएको छ । स्थायी र अस्थायी कर्मचारी तथा शिक्षकलाई नगरपालिकाले नै आर्थिक व्यवस्थापन गरेको छ ।
अझ बिद्यालयका प्रधानाध्यापक राजकुमार यादवसमेत बिद्यालयकै स्वामित्वमा रहेको सुबिधासम्पन्न भवनमा बस्दै आएका छन् । सरकारले सवै सुबिधासमेत उपलब्ध गराएको बिद्यालयले सार्वजनिक सूचना नै जारी गरेर बिद्यार्थीवाट रकम असुल्नु गैरकानुनी कार्य रहेको स्थानीयले बताएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका माओवादीले जितेको निकाय हो । यो बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्याक पनि माओवादीकै कार्यकर्ता हुन् । त्यसकारण पनि नगरपालिकाले आवश्यक हरेक चीज उपलब्ध गराएको छ ।
यहाँ बिद्यार्थीका लागि वसको व्यवस्था पनि सरकारी निकायले गरिदिएको छ । तर, पनि रकम असुल्नका लागि सार्वजनिक सूचना जारी भएपछि अभिभावकहरु रुष्ट भएका छन् ।
यो बिद्यालयलाई बागमती प्रदेश सरकारले नमूना बिद्यालयको रुपमा घोषणा गरेको छ । त्यसवापत पनि अनुदान पाउने गरेको छ ।
प्रधानाध्यापक राजकुमार यादवले हस्ताक्षर गरेर सार्वजनिक सूचना हेर्नुहोस्: