गायक राईको शंकास्पद मृत्यु

2.6K
shares
Nabil bank

 

 

काठमाडौं।गायक विक्रम राईको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान थालेको छ। १७ फागुन राति विक्रमको निधन भएको थियो। परिवारले अत्यधिक मदिरा सेवनको कारण देखाउँदै शंकास्पद मृत्यु भएको भन्दै उनीसँग लिभिङ टुगेदरमा रहेकी युवतीविरुद्ध किटानी जाहेरी दिन चाहेको जनाएको छ।

 

घटनाको रात विक्रम ढलेपछि ती युवतीले प्रहरीलाई खबर गरेकी थिइन्, तर अस्पताल पुर्‍याएपछि उनलाई मृत घोषित गरिएको थियो। युवतीले फेसबुकमा विक्रमले अत्यधिक रक्सी पिएर सामान्य विषयमा भनाभन भएको र आवेशमा आएर बियरको बोतलले टाउकोमा प्रहार गरेको बताएकी छन्।

 

उनले आफूले प्रेम गरेको व्यक्तिलाई गुमाउनु परेको पीडा असह्य रहेको समेत उल्लेख गरेकी छन्। प्रहरीले घटनाको गहिरो अनुसन्धान गरिरहेको जनाएको छ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited