मनमोहनको नाम बेचेर बिरामीलाई मनपरी 

1.7K
shares
Shine resunga department bank

 

काठमाडौं । अस्पतालहरुले औषधी पसलमार्फत कसरी ठग्छन् भन्ने पछिल्लो उदाहरण स्वयम्भूमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल भित्रको फार्मेसीको अवस्था हेरे पुग्छ । अस्पतालको सहयोगमा फार्मेसीको लुट धन्दा यहाँ गजवले देखिन्छ । अझ पूरै पैसा नतिरे धम्की दिने र गुण्डासमेत लाउने उदाहरणहरु पनि बिभिन्न अस्पतालमा देखिन्छ । यो अस्पतालले पनि पैसा असुल्न यस्तै उपाय अपनाएको छ ।

मान्छे औषधी उपचारका लागि अस्पतला पुग्छन् । तर, त्यहाँ उनीहरुलाई अस्पतालले बिभिन्न नाममा लुटिरहेको हुन्छ । तर, पीडितहरु बोल्न समेत सक्दैनन् । साद्गी नेता मनमोहनको नाम बेचेर अस्पताल सञ्चालकले बिरामीहरुलाई दुहुनो गाई बनाईरहेका छन् ।तर, उल्टै धम्की र बिरामीको अवस्था नाजूक होला भन्ने डरले आफन्तहरु बोल्न नसक्ने अवस्थामा छन् । मनमोहनको नाम बेचेर यो अस्पतालले बिरामीसँग लुट मात्र गरिरहेको छैन । मनमोहनप्रति आममानिसको धारणासमेत नकारात्मक वनाइरहेका छन् ।

अस्पताल भित्रको फार्मेसीको लुट धन्दा नै चलेको बिभिन्न पीडितहरुको दुःखले देखाएको छ । तर, यसवारे पीडितहरुले उजुरी गर्ने निकायसमेत पाएका छैनन् । प्रहरी प्रशासन पनि उल्टै सञ्चालकको पक्षमा लागेको पीडितहरुको भनाई छ । यसको सामान्य उदाहरण हेरौं न । एउटा बिरामीको औषधी र अन्य खर्चसमेत गरेर १५ हजारको बील उठेको हुन्छ । त्यस अघि अस्पताल भित्र नै रहेको फार्मेसीमा बिरामीले पहिला नै ५ हजार डिपोजिट गरेको हुन्छ । औषधी एकैपटक ल्याउँदा केही औषधी बढी पनि भएको हुन्छ । तर, फार्मेसीले बढी भएको औषधी फिर्ता लिन्छ तर, बाँकी रकम फिर्ता दिँदैन ।

 

अस्पतालले बढी भएको औषधी फिर्ता गरेपछि पैसा फिर्ता माग्दा फार्मेसी सञ्चालकले धम्की दिनछन् । यस बिषयमा बिवाद बढ्दै गएपछि सो रकम बापत को रकम अस्पताल भित्रै मिलाईएको भन्दै रकम फिर्ता दिनै मान्दैन । पहिले नै मिलाएको छ भनि रकम फिर्ता नदिने फार्मेसीको नियमनै वनाईएको छ ।

 

यसरी पीडामा परेका धेरै बिरामीले संयुक्त अवाज उठाए पनि समस्या समाधान नभएको एक पीडितले बताए । कुनै पनि बिरामीका लागि चिकित्सकले त्यही फार्मेसीमा भएका औषधीमात्र सिफारिस गर्ने गरेको बिरामीहरुको भनाई छ । कमसल गुणकै औषधी भएपनि त्यही औषधी खरिद गर्नुपर्ने अस्पतालको नियमनै रहेको प्रशासनमा कार्यरत एक कर्मचारीले बताए ।

 

 

ती कर्मचारीका अनुसार उक्त फार्मेसीबाट आएको रकमको कमिसन डाक्टर र फार्मेसीका सञ्चालकले लिने तर पीडामा परेका विरामीहरुलाई नियोजित तरिकाले ठगी गर्ने गरेका छन् । औषधि लिन पनि डाक्टरहरुले अरुमा नजानुस् है भन्ने गरेको पीडितहरुले बताए ।

Sharestha treating