ह्याम्स अस्पतालमा नक्कली डाक्टर 

5.9K
shares
Nabil bank

काठमाडौं । कुनै पनि व्यक्तिले आफ्नो नामका अघि डक्टर लेख्न कि त चिकित्सक पास गरेको हुनु पर्छ कि त पिएचडी गरेको हुनु पर्छ ।

 

पिएचडी गरेपनि नामको अघिल्तिर भन्दा पनि पछिल्तिर पिएचडी लेख्ने अन्तरराट्र्रिय मान्यता छ । तर, काठमाडौंमा रहेका ह्याम्स अस्पतालका सञ्चालकले यो कुनै प्रकृया नै पूरा नगरी नामको अगाडि डक्टर लेखेर दुनियाँ झुक्याईरहेका छन् । ह्याम्स अस्पतालको वेवसाईटमा लेखिए अनुसार सो अस्पतालका अध्यक्ष हुन्, आरएस भण्डारी अथवा रामशरण भण्डारी । उनी सिन्धुपाल्चोकको साविक थुम्पाखर गाउँपालिकामा जन्मेका मानिस हुन् । पढाईमा पनि सामान्य रहेका भण्डारीले गाउँकै बिद्यालय बाट एसएलसीसम्म चाहि पास गरेका उनकै कक्षामा पढ्ने थापा थरका एक व्यक्तिले बताए ।

 

एसएलसी पास गरेसँग उनी कमाउने धुनमा काठमाडौं छिरेका व्यक्ति हुन् । स्थानीय पाटी डाँडामा रहेको महेन्द्रोदय माध्यामिक बिद्यालयमा पढेका उनका शिक्षक पनि नामको अगाडि डाक्टर लेखेको देखेर छक परेका छन् । ती शिक्षकले भने, ‘रामशरण चिकित्सक हुने गरेर साईन्स पढ्ने खालको बिद्यार्थी त हुँदै होईन । पिएडी गर्र्ने ल्याकतमा पनि उनीमा थिएन ।’

पढाईमा कमसल भएका रामशरणले कुनै पनि बिश्वबिद्यालयमा पढेको प्रमाण फेला परेको छैन । बरु उनी सर्जिकल सामान बेच्ने पसलमा काम गर्न बसेको भने फेला परेको छ । सिन्धु सर्जिकलमा काम गर्दागर्दै अकुत सम्पत्तिका मालिक बनेका भण्डारीको आयस्रोतका बिषयमा पनि सम्पत्ति शुद्धिकरणामा उजुरी परेको छ । ह्याम्स अस्पताल खोलेर सर्जिकल सामान आयात गर्ने भण्डारीले मोहनवहादुर बस्नेत स्वास्थ्य मन्त्री भएका बेला पनि करौडौको अनियमित काम गरेको समाचार बाहिर आएको थियो ।

 

सिनधुपाल्चोकमा पनि सदावहार अस्पताल खोलेका भण्डारीले भक्तपुरमा पनि ह्याम्स अस्पताल खोलेका छन् । त्यसोत उनले दश करोड रुपैयाँ भन्दा धेरै लगानीमा सिन्धुपाल्चोकमा कृषि फर्म खोलेको बताउने गरेका छन् । यी सवै सम्पतिको बारेमा उनले पारदर्शिता देखाउन नसकेको उनका समकक्षले बताए ।

 

बेवसाईमा आफ्नो नामको अगाडि डक्टर लेखेको बिषयमा भने भण्डारीले यो सामान्य प्रकृया भएको बताउने गरेका छन् । उनका अनुसार कुनै संस्थाले पैसा लिएर उनलाई यो उपाधि दिएको हो । तर, यसरी पैसाले किनेर पाएको डक्टर पदमा वेवसाईमा लेख्न भने नपाईने नियम हुन्छ ।

 

कानुनका जानकार बासुदेव ज्ञवाली नभएको पद लेख्दा ठगीको मुद्धा लाग्ने बताउँछन् । अध्ययन नगरी पाएको पद घरमा वोर्डमा झुण्ड्याउन पाएपनि सार्वजनिक रुपमा लेख्न नपाईने कानुनमा उल्लेख छ । यसो गरेमा ठगीको मुद्धा लाग्ने ज्ञवालीले बताए ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited