न्यायाधिश भुवन गिरीले पाए बलत्कार मुद्दामा सफाई

1.4K
shares
Shine resunga department bank

काठमाडौं।आफ्नै श्रीमतीले बलात्कार लगायतका मुद्धा दायर गरेपछि थुनामा पुगेका एक न्यायाधीशलाई उच्च अदालत पाटनलेअभियोग दावीबाट सफाई दिएको छ । काठमाण्डौ जिल्ला अदालतले अभियोग ठहर गरेर थुनामा पठाएको न्यायाधीश गिरीलाई उच्च अदालत पाटनले आज सफाई दिएको हो ।

 

न्यायाधीशहरु लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको ईजलाशले गिरीलाई सफाई दिएको अधिवक्ता बासु ज्ञवालीले जानकारी दिए । कपिलबस्तु जिल्ला न्यायधीश भएकै बेला पक्राउ परेका गिरीलाई श्रीमतीले बैवाहिक बलात्कारदेखि बिभिन्न आरोप लगाएकी थिईन् । ईजलासमै बिष सेवन गर्नेदेखि ईजलास प्रभाव पार्न अनेक हर्कत गर्ने उनकी श्रीमतीले ईगो साँधेको जिकिर गरिएको थियो ।

 

जिल्लाले गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवानाको सजाय सुनाएको थियो । जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए भने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पनि सजाय कम भएको भन्दै रिट निवेदन दिएको थियो ।

Sharestha treating