चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
वि.सं.२०८२ वैशाख १३ शनिवार
18.1K
shares
shares
काठमाडौं।वैदेशिक रोजगारीका नाममा चेक रिपब्लिक पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-६ का ३१ वर्षीय नारायण बस्नेत रहेका छन्।
नारायण बस्नेतले चेक रिपब्लिकमा आकर्षक तलबमा जागिर लगाइदिने भन्दै एक जना पीडितबाट ३ लाख ४० हजार रुपैयाँ असुली गरेका थिए। रकम लिएको केही समयपछि उनी सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई सिनामंगलबाट पक्राउ गरेको हो।
पक्राउ परेका बस्नेतलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
Subscribe
0 Comments
Oldest































