मालपोतमा मनपरी गर्ने मात्तिएका माड्सावहरु

1.1K
shares
Shine resunga department bank

काठमाडौं । प्रायः कर्मचारीहरुलाई बिवादित हुने कार्यालयमा जान मन लाग्दैन । तर, यस्ता केही नायव सुब्बा र खरदारहरु छन् जो बिवादित कार्यालयमा पटक पटक जान खोज्छन् । अनि मेसो मिलाएर गई पनि हाल्छन् । हुन त यस्ता कार्यालयहरु काठमाडौं उपत्यकाभित्रै छन् । काठमाडौं सुगम पनि हो । कर्मचारी सुगम र दुर्गम मिलाएर बस्नु पर्छ । तर, काठमाडौं उपत्यकाभित्रै भएका मालपोत कार्यालयहरुमा पटक पटक एउटै कर्मचारी घुमिरहेका हुन्छन् । यसलाई न त सम्बन्धित निकायले नियमन गर्न सक्छ नत राजनीतिक नेतृत्वले नै वास्ता गर्छन् । उल्टो उनीहरु यस्तै कर्मचारीबाट भेटी लिएर पुनः त्यही ठाउँमा पठाउँछन् ।

 

चुडामणी पराजुली यस्तै एउटा उदाहरण हुन् । उनको पद नायब सुव्वा हो । हाल कलंकी मालपोतमा सरुवा भएर पुगेका छन् । उनको अभिलेख हेर्ने हो भने उनीले पटक पटक मालपोत कार्यालयमा काम गरेको देखिन्छ ।

 

ललितपुर मालपोतमा थिए । सामान्य प्रशासन मन्त्रालय बाट भदौमा सरुवामा परे । पुनः भूमि सुधार मन्त्रालयमा सरुवा भएको देखिन्छ । उनी अन्यत्र सरुवा भएको ठाउँमा गएनन् । अहिले सेटिङ्ग मिलाएर कलंकीमा पोष्टिङ्ग भएका छन् । त्यसोत उपत्यका बाट उपत्यका नै सरुवा गर्न नमिल्ने निमय पनि बनाईएको छ । सुगम बाट सुगम पनि जान नमिल्ने कर्मचारी नियमावली छ । तर, यिनको हकमा यो निर्णय लागू भएन । बिचौलियाको प्रयोगमा दाम चढाएर उनले आकर्षक कार्यालय पड्काई रहेका छन् । र, त्यहाँ बसेर लगानी उठाउँदै अनेक अनियमित काम गरिरहेका छन् ।

 

मालपोतकै अर्का नायवसुब्बा हुन् नारायणप्रसाद पौडेल । ललितपुरमा रहेका मालपोत कार्यालयमा पुगेका थिए । मालपोत कार्यालय कलंकीमा गए । धेरै पहिले सिन्धुपाल्चोकको एक गाविसमा सचिव हुँद अकुत आर्जन गरेका पौडेले अहिले पनि मालदार अड्डामा मस्ती गरिरहेका छन् । हालका गृहसचिवलाई प्रभावमा पारेर पौडेल मालपोत छिर्न सफल भएका हुन् ।

 

पौडेल पनि ‘भ्याली टु भ्याली’ ललितपुरबाट कलंकी मालपोतमा सरुवा गर्न सक्ने महान खेलाडी मध्येका हुन् ।

 

हुनत अहिले पनि मालपोत कार्यालयमा अवैध कामकै लागि दरवन्दी भन्दा धेरै नायव सुब्बा र खरदारको सरुवा हुने गरेको छ । हरेक मालपोत कार्यालयको दरवन्दी र कार्यरत कर्मचारीको अवस्था हेर्ने हो भने यही दृष्य देखिन्छ ।

 

यसको लागि संघीय मामिला तथा सामान्य प्रशासन र भूमि सुधार मन्त्रालयमा पैंसाको सेटिङ्ग र चलखेल भएको स्पष्ट देखिन्छ । यसका लागि केही बिचौलियाहरु अड्डै जमाएर बसेका हुन्छन् । जुनसुकै मन्त्री वा हाकिम आएपनि उनीहरुले प्रभावमा पारेका हुन्छन् । अहिले यसको नेतृत्व उपसचिव टेकराज अर्यालले गरिरहेका छन् । यसरी सरुवामा मनपरि गरेर अर्यालले मन्त्रीकै बदनाम गरेको हल्ला पनि सिंहदरवारभित्र गाईँगुई चलेको छ ।

 

अर्याल विभिन्न ठाउँहरूमा आफ्नो दुनो सोझ्याउने र सरुवामा राम्रो साँठगाँठ गर्ने कर्मचारी हुन् । उनी पहिला कलंकीमा मालपोतका प्रमुख,सहरी विभाग भ्याईसकेर सार्वजनिक जग्गाको हिसाव किताव जानेका कर्मचारी हुन् । मालपोतको सहयोगमा सार्वजनिक जग्गा निजी वनाउन सहयोग गरेको पनि उनलाई आरोप छ ।

 

हाल विभागमा वसेर आफ्ना मान्छे र कर्मचारीहरुलाई माल अड्डामा आर्थिक उपार्जनसहित पठाउने अगुवाई गरिरहेका छन् ।

 

पराजुलीलाई हामिले यस बिषयमा बुझ्न पटक पटक सम्पर्क गर्दा पनि उनि सम्पर्कमा आएनन् ।

everest Bank
Sharestha treating