हातमा कालोपट्टी बाँधेर बिद्यालय कर्मचारीको आन्दोलन सुरु 

921
shares
national life insurances
Nabil bank

 

काठमाडौँ।सामुदायिक विद्यालयका कर्मचारीहरूले आजदेखि आन्दोलन सुरु गरेका छन्। नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच १७ वैशाखमा भएको नौ बुँदे समतिमा विद्यालय कर्मचारीका माग नसमेटिएको भन्दै असन्तुष्ट कर्मचारीहरूले आन्दोलन सुरु गरेका हुन्।

 

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको नेतृत्वमा आन्दोलनको पहिलो दिन आज कर्मचारीहरू हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन्। काठमाडौँको सडकमा २९ दिनसम्म चलेको शिक्षक आन्दोलनमा परिषद् पनि सहभागी थियो।

 

९माघ २०–वैशाख १७ सम्म० को आन्दोलनमा सँगै होमिए पनि महासंघले विद्यालय कर्मचारीलाई धोका दिएको परिषद्को भनाइ छ। परिषद्ले विभिन्न चरणको आन्दोलन गर्दै आगामी जेठ ९ र १० गते काठमाडौँमा आन्दोलन गर्ने तालिका सार्वजनिक गरेको छ।

 

शिक्षक र कर्मचारी बीचको विभेद अन्त्य गर्न, हालसम्मका सहमतिहरू कार्यान्वयन गर्न, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गर्ने माग रहेका छन्। त्यस्तै तलबमान कायम गर्न, विद्यालय कर्मचारीलाई दुर्गम भत्ता उपलब्ध गराउन, तोकिएको समयमा शिक्षा ऐन जारी गर्न र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न पनि रहेका छन्।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited