मन्त्रिपरिषद्को २९ निर्णयः नियुक्ति, बढुवादेखि विदेश भ्रमण स्वीकृतिसम्म

वि.सं.२०८२ वैशाख २१ आइतवार
1.5K
shares
shares

काठमाडौँ ।मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । आज (आइतबार) सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत गत वैशाख १५ र १७ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेका हुन् । सरकारले १५ गते १५ वटा र १७ गते १४ वटा गरी कूल २९ वटा निर्णय गरेको छ ।
बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पूर्व गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरुको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गर्ने, नेपाली सेनाका एक जना सहायक रथीको उपरथी दर्जामा र दुई जना महासेनानीको सहायक रथी दर्जामा बढ्ना गर्ने, वन रक्षकलाई पोशाक उपलब्ध गराउनेलगायतका निर्णय भएको छ ।