कम्पनी रजिष्ट्रार कार्यालयको सफ्टवेयर नै सुईक्याउने सुवेदी साप
वि.सं.२०८२ जेठ १ बिहीवार
shares
काठमाडौँ । कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार हुन्, देवीप्रसाद सुवेदी । कार्यालयकाअनुसार उनलाई निश्चित जिम्मेवारी छ । तर, उनले जिम्मेवारीको काम भन्दा पनि अतिरिक्त काममा धेरै ध्यान दिने गरेको चर्चा छ । अझ उनी मातहतका कर्मचारीविरुद्ध नियामक निकायमा मुद्दा हाल्ने काममा पनि ब्यस्त हुनपरेको छ ।
आफ्नै मातहतका कर्मचारीविरुद्ध जथाभावी समाचार लेखाउने काममा पनि उनैको संलग्नता भएको एक उपसचिवले बताए । अहिले कार्यालयमा नयाँ प्रणाली जडान गरिएको छ । जसले दैनिक दश वटा भन्दा धेरै काम गर्न नमिल्ने बनाईएको छ । यो प्रणाली जडानमै ठूलो चलखेल भएको थियो ।
यही प्रणालीको हर्ताकर्ता उनै सुवेदी छन् । यसका लागि दैनिक अतिरिक्त रकमको जोहो पनि उनै सुवेदीले गर्छन् । Camis सफ्टवेयर ल्याएर पुरानो चलिरहेको सफ्टवेयर निकाल्नु नै घोटालाको प्रमुख प्रमाण भएको त्यही काम गर्नेहरु बताउँछन् । सफ्टवेयर आफैंले बन्द गर्ने र खुलाउने कार्यमा सुवेदी सधै लागिरहेका हुन्छन् ।
सफ्टवेयरमा चलखेल गरेरै उनले अबैध आर्जन गर्न थालेपछि केही सेवाग्राहीले कार्यालय प्रमुखसँग गुनासो गरेका पनि थिए । तर, अवैध आर्जनको हिस्सा कार्यालय प्रमुखलाई पनि भाग लगाएपछि त्यो उजुरी यस्सै सामसुम भएको एक सेवाग्राहीले बताए ।
अझ दिनभर मातहतका कर्मचारीले गरेको काम पनि उनैले प्रणालीमार्फत अनुगमन गर्छन् । प्रणालीमार्फत सवै काम हेरेपछि अन्य कर्मचारीले कामको आधारमा निश्चित रकम उनलाई बुझाउनु पर्छ । नत्र ती कर्मचारीले बिभिन्न नियामक निकायमा उजुरीको सामाना गर्नुपर्ने हुन्छ । सुवेदी भने यो कुरा आरोप मात्र भएको बताउँदै आएका छन् ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:



























