नोरा फतेहीको अँगालोमा प्रोसेस पाण्डे, भिडिओ सामाजिक सञ्जालमा भाइरल

2.8K
shares
national life insurances

 

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री नोरा फतेही र ‘भ्वाइस अफ नेपाल’का विजेता प्रोसेस पाण्डेबीचको आत्मीय भेट अहिले सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ। एक कार्यक्रमका क्रममा खिचिएको तस्बिर र भिडिओमा नोरा फतेहीले प्रोसेस पाण्डेलाई अँगालो हालेको दृश्यले धेरैको ध्यान तानेको छ।

 

उक्त दृश्यको क्लिप प्रोसेस पाण्डेले आफ्नै टिकटक खाताबाट सेयर गरेका छन्। भिडिओसँगै उनले लेखेका छन्, “के चाहियो र यो भन्दा!” भन्ने क्याप्सनले समेत सामाजिक सञ्जाल प्रयोगकर्तामाझ रमाइलो प्रतिक्रिया पाएको छ।

 

भ्वाइस अफ नेपालको चौथो सिजनका विजेता बनेका पाण्डे हाल विभिन्न सांगीतिक कार्यक्रमहरूमार्फत चर्चामा रहेका छन्। नोरा फतेहीसँगको यो क्षणले उनको लोकप्रियता अझै बढाएको देखिन्छ।

 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस भिडिओलाई रमाइलो रुपमा लिँदै अनेक प्रतिक्रिया जनाइरहेका छन्। कतिपयले यो पललाई प्रेरणादायी भनेका छन् भने कतिपयले पाण्डेको भाग्य र आत्मविश्वासको प्रशंसा गरेका छन्।

 

Hams Hospitals
Machhapuchhre Bank Limited