मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक हेर्नुहोस्

2.2K
shares

 

 

काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को बैठकबाट भएका नौ वटा निर्णयहरू सार्वजनिक गरेका छन्।

 

बैठकले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यससँगै, उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यान्वयनका लागि राष्ट्रिय कार्यान्वयन कार्यदल गठन गरिने भएको छ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत जेठ ११ गते हुने “Global Forum for Human Trafficking Survivors-Voice of Resilience” कार्यक्रममा महासचिव श्री संजीवराज रेग्मीको सहभागिता स्वीकृत गरिएको छ।

 

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिनबहादुर विश्वकर्मालाई चीनमा आयोजना हुने Fourth Dialogue on Exchanges and Mutual Learning among Civilizations कार्यक्रममा सहभागी हुन स्वीकृति दिइएको छ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ नियमावली तर्जुमा गर्न सक्ने गरी समिति गठन गर्ने निर्णय गरिएको छ भने नेपाली सेनाका महासेनानीको पदावधि थप गर्ने निर्णय पनि भएको छ।

 

वन तथा वातावरण मन्त्री बिराजभक्त श्रेष्ठलाई जेठ १५ देखि १७ गतेसम्म ताजिकिस्तानको दुशान्बेमा हुने International Conference on Glaciers Preservation मा सहभागी हुन स्वीकृति दिइएको छ।

 

सहरी विकास मन्त्रालयतर्फ, वामसी (विपन्न सामुदायिक एकीकृत विकास समिति) को कार्ययोजना स्वीकृत गरिएको छ। साथै, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकास्थित नगर विकास समितिको स्वामित्वमा रहेको जमिनमा बस्ती विकासका लागि आवास निर्माण गर्न स्वीकृति दिइएको छ।

civil hospital
Hams Hospitals