पीपलको बोटमुनि शीतल तापेर तलब खाने अतिरिक्तका उपसचिव
वि.सं.२०८२ जेठ ११ आइतवार
shares
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले १९ जना उपसचिवहरू अतिरिक्तमा बसिरहेका छन् ।
निजामती ऐनले दुई महिनाभन्दा धेरै जिम्मेवारी नदिई राख्न मिल्दैन । तर, अतिरिक्त समुहमा रहेका उपसचिवहरू अहिले पनि हाजिर गर्दै मन्त्रालय अगाडिको पीपलबोट मुनी बसेर शीतल तापिरहेका छन् ।
यसरी सिंहदरवारको चौरमा उपसचिवले घाम तापेको महिनौँ भइसक्यो । न उनीहरूले काम पाएका छन् नत मन्त्रालयले नै उनीहरूलाई काममा खटाउन सकेको छ । केहीले सुविधा हुने कार्यालय मागेको र केहीलाई नियतबस अतिरिक्तमा राखिएको मन्त्रालयका एक उपसचिवले बताए ।
मन्त्रालय स्रोतका अनुसार कतिपयले सात दिनमा एक दिन हाजिर गरेको समेत पाइएको छ ।
सुरुमा अतिरिक्त समुहमा नै मागेर आएका उपसचिवहरू खटाएको ठाउँमा नजाँदा पनि समस्या आएको मन्त्रालयको प्रशासन शाखाले जनाएको छ ।
मालदार अड्डा खोज्ने प्रवृत्तिले पनि समस्या आएको मन्त्रालयले जनाएको छ । कतिपय स्थानीय तहमा कार्यकारी नभएर हैरान छ तर, मन्त्रालयको चौर अगाडि हल्ला गरेर शीतल ताप्ने कर्मचारीको सङ्ख्या पनि धेरै छ ।
































