वडाअध्यक्ष जनताले भेट्नै गाह्रो
वि.सं.२०८२ जेठ १२ सोमवार
shares
सिन्धुपाल्चोक । अहिले काठमाडौंको सिंहदरवार गाउँगाउँमा पुगेको भनिन्छ । गाउँलेको काम वडामै गर्नका लागि संघीयता लागू भएको पनि भनिन्छ । तर, जनताको प्रत्यक्ष चासो हुने वडा कार्यालयमा कर्मचारी त परेको कुरा जनप्रतिनिधि पनि भेटिँदैन ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर एकका वडा अध्यक्ष आङ्गदोर्जे शेर्पा यस्तै जनप्रतिनिधि हुन् । जो कहिल्यै गाउँमा भेटिदैनन् । गाउँमा त उनी कहिल्यै जाँदैनन् नै । सम्पर्क कार्यालय खोलेको बाह्रबिसे वजारमा पनि उनलाई जनताले भेट्दैनन् । प्राय उनी विदेश तिर हुन्छन् । अहिले पनि उनी चीनको बिभिन्न शहरमा रमाइलो गरिरहेका छन् ।
यता जनता भने नागरिकताको सिफारिस नपाएर भौतारिरहेका छन् । त्यसोत शेर्पा पश्मिना व्यापारी हुन् । उनी अन्तराष्ट्रिय वजारमा पश्मिनाको कारोबार गर्छन् । प्रायः यही कामको सिलसिलामा विदेशमै हुने गरेको बाह्रबिसे नगरपालिका स्रोतले जानकारी दियो ।
































