यी हुन मन्त्रालयकाे बरन्डामा थुप्रिएका उपसचिवहरू

31.5K
shares
Nabil bank

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले २० जना उपसचिवहरू अतिरिक्तमा बसिरहेका छन् ।

निजामती ऐनले दुई महिनाभन्दा धेरै जिम्मेवारी नदिई राख्न मिल्दैन । तर, अतिरिक्त समुहमा रहेका उपसचिवहरू अहिले पनि हाजिर गर्दै मन्त्रालय अगाडिको पीपलबोट मुनी बसेर शीतल तापिरहेका छन् ।

 

 

 

यसरी सिंहदरवारको चौरमा उपसचिवले घाम तापेको महिनौँ भइसक्यो । न उनीहरूले काम पाएका छन् नत मन्त्रालयले नै उनीहरूलाई काममा खटाउन सकेको छ । केहीले सुविधा हुने कार्यालय मागेको र केहीलाई नियतबस अतिरिक्तमा राखिएको मन्त्रालयका एक उपसचिवले बताए ।

मन्त्रालय स्रोतका अनुसार कतिपयले सात दिनमा एक दिन हाजिर गरेको समेत पाइएको छ ।

 

 

 

 

 

सुरुमा अतिरिक्त समुहमा नै मागेर आएका उपसचिवहरू खटाएको ठाउँमा नजाँदा पनि समस्या आएको मन्त्रालयको प्रशासन शाखाले जनाएको छ ।

मालदार अड्डा खोज्ने प्रवृत्तिले पनि समस्या आएको मन्त्रालयले जनाएको छ । कतिपय स्थानीय तहमा कार्यकारी नभएर हैरान छ तर, मन्त्रालयको चौर अगाडि हल्ला गरेर शीतल ताप्ने कर्मचारीको सङ्ख्या पनि धेरै छ ।

 

हेर्नुहोस् उपसचिवहरूको नाम:

1. श्री गोविन्द प्रसाद अधिकारी

2. श्री रुद्र प्रसाद लामिछाने

3. श्री महेन्द्र शेर मुस्तफा

4. श्री महेन्द्र विश्वकर्मा

5. श्री मुक्ति प्रसाद खनाल

6. श्री श्रीधर पन्थी

7. श्री बाबुराम खनाल

8. श्री विष्णुभक्त सिग्देल

9. श्री माधव प्रसाद धिताल

10. श्री गोविन्द प्रसाद गौतम

11. श्री डिलीराज बेल्बासे

12. श्री गोविन्द प्रसाद पण्डे

13. श्री निरज पौडेल

14. श्री लक्ष्मी आचार्य पराजुली

15. श्री वासुदेव रेग्मी

16. श्री महेश पाण्डे

17. श्री तुलसीराम अर्याल

18. श्री गंगा भट्टराई सुवेदी

19. श्री गोविन्द घिमिरे

20. श्री अच्युतराज रेग्मी

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x